Rato Samachar
Wed, 21 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
विचार-ब्लग शिक्षा समाचार

कालिका मन्दिरको विकासका लागि पञ्चवर्षीय योजना तयार

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ । गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगामी पाँच वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका मन्दिरलाई संरक्षण, थप कलात्मक तथा मन्दिर वरपरका क्षेत्रमा योजनाबद्ध विकास गर्नका लागि पञ्चवर्षीय रणनीति तयार पारेको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले आफू आए पनि आगामी पाँच वर्षभित्र कालिका मन्दिरमा गर्न सकिने विकास, सामाजिक कार्य तथा कालिकाको महिमा बढाउने विषयमा रणनीति तयार पारेर अघि बढेको बताउनुभयो । उहाँले कालिका मन्दिरको विकासका लागि ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको र यसै योजनामार्फत आफूले काम गर्ने बताउनुभयो । कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मन्दिर परिसरभित्र रहेका जीर्ण संरचना पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला निर्माण गर्ने, धार्मिक सङ्ग्रहालय निर्माण गर्ने, मन्दिर परिसरमा अखण्डधुनी निर्माण गर्ने, हवन कुण्ड निर्माण गर्ने, मन्दिर परिसरमा प्रयावरण सन्तुलन राख्नेजस्ता महत्वपूर्ण कार्य हुनेछन् । खड्काले भन्नुभयो, “पर्यटकीय गाइड राख्नेदेखि अपाङ्गमैत्री संरचना निर्माण गर्ने रणनीतिक योजनामा छ, यस्तै भक्तजनको रेकर्ड राख्ने, सिसी क्यामेराले निगरानी गर्ने र आफ्नै वेबसाइट निर्माण गर्नु हो ।” मन्दिर प्रवेश गर्ने दुई स्थानमा सुरक्षा गेट निर्माण गर्ने, मन्दिर परिसरको जङ्गलमा पाइने वन्यजन्तुको संरक्षण गर्नेलगायतका योजना समावेश गरिएको छ । कनिदर परिसरको घना जङ्गलमा चितुवा, मृग तथा कालिज प्रसस्त पाइन्छन् । रणनीतिक योजनाअनुसार काम गर्दा मन्दिरको भइरहेको संरचनामा क्षति नपुग्ने, कम खर्च लाग्ने र मन्दिरको स्वरुप नबिग्रने खड्काको भनाइ छ । मन्दिरले सामाजिक उत्तरदायित्वअनुसार योगा स्थानको व्यवस्था गर्ने, गरिब, जेहेन्दार, अनाथ तथा असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने, बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई व्यवस्थित गराउनका लागि पार्किङ व्यवस्थापन आश्रमले नै गर्ने र आम्दानीसमेत आश्रमले नै लिने व्यवस्था मिलाइने मन्दिरको योजनामा समावेश गरिएको छ । मन्दिरको ३१ बुँदे रणनीतिक योजनाअनुसार मन्दिरले कालिका भगवतीको नामाङ्कित एम्बुलेन्स, शव बाहन तथा दमकलको समेत व्यवस्थापन गर्ने पञ्चवर्षे योजनामा समावेश गरिएको छ । कालिका मन्दिरले भेटीमार्फत सङ्कलन गर्ने रकम र विभिन्न सरकारी कार्यालयले दिएको योजनाअनुसार पञ्चवर्षे रणनीतिक योजना सफल पार्ने जनाएको छ । कालिका मन्दिर परिसरमा रातको समयमा अवान्छनिय गतिविधि भएको पाइएकाले मन्दिर प्रवेशद्वार राति ९ बजेदेखि बिहान २ बजेसम्म बन्द गरिने भएको छ । मन्दिरको सुरक्षाका लागि राखिएका आठवटा सिसी क्यामेरा थपेर अहिले २४ पु¥याउन थालिएको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

2

युक्रेनको दुःख बन्दै रुस

3

जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

4

रास्वपाका वरिष्ठ नेता बालेनले भोलि प्रधानमन्त्रीको शपथ लिने

रातो समाचार संवाददाता
5

लागूऔषध गाँजासहित एकजना पक्राउ

6

माधवपूर गोल्डकप फुटबलमा सहभागी हुँदै हेटौंडा फुटबल एकेडेमी

7

हराएको २ वटा ट्रक सम्बन्धी व्यक्तिलाई बुझाइयो

8

ईस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्: प्रधानमन्त्री दाहाल

9

रासायनिक मलको कोटा वृद्धि गर्न माग

10

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology