सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्मका लागि सरेको छ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भनिएकोमा विशेष कारणवश शनिबार दिउँसो ११ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका बारेमा छलफल हुने बताइएको छ। बैठकमा उपस्थिती हुन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो