पाली काँग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जानुभएपछि उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
सभापति देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम उपसभापति खड्कालाई उक्त जिम्मेवारी तोकिएको पौडेलले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।यो समाचार गोरखापत्र बाट साभार गरिएको हो














प्रतिक्रिया दिनुहोस्