रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरूको हात हालाहाल भएको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछि आफ्नो गल्ती स्वीकार गर्दै अब यस्ता घटना नदोहोरिने जनाएका छन्।
कार्की बैङ्कटमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ गर्न पुगेका हिमालय टिभीका श्याम थापा र बाह्रखरी डटकमका हरिस जंग क्षेत्रीबीच हात हालाहाल भएको थियो।
दुवैलाई बोलाएर गरिएको छलफलमा उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता जनाएका हुन्।
सो घटना सञ्जालमा भाइरल भएपछि राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टिभीका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा दुवै पक्षलाई मिलाइएको बताईएको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो






















प्रतिक्रिया दिनुहोस्