रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा साउन ३२ गते शुक्रबार देखि तिन मुवी रिलिज हुँदैछ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको नेपाली फिल्म बुलाकी फेरी प्रदर्शन हुन लागेको हो। धेरै फिल्म एक्कै पटक प्रदर्शन हुँदा गतवर्ष प्रदर्शनको दोस्रो दिनमा नै निर्माताले हलबाट उतारेका यो फिल्मा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारीप्रथाको यथार्थ देखाउन खोजिएको छ।

रहेको फिल्ममा नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्धिप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङलगायतका कलाकारको अभिनय रहेको फिल्मको कथा राजबहादुर सानेले लेखेका हुन् ।

बहुप्रतिक्षीत बलिउड हिन्दी मुवी स्त्री २ को पहिलो पार्ट फिल्म ६ वर्ष पहिले रिलीज भएको थियो । जसको बजेट १६ करोड हो । फिल्म ले १५० करोड़ भन्दा धेरैका कारोबार गरेको थियो । निर्देशक अमर कौशिकको निर्देशनमा बनेको यो फिल्ममा राजकुमार राव, श्रद्धा कपूर, अभिषेक बनर्जी, अपारशक्ति खुराना र पंकज त्रिपाठीको अभिनय छ ।

अब यो पटक फेरी स्त्रि २ मा उही डायरेक्टर, उही स्टारकास्ट र उही कैरेक्टर सँगै स्त्री गाउँबाट गएपछि सकिएको बिन्दुबाट सुरु गरेर अब चंदेरी मा सरकटा आयो कथावस्तु देखाउन खोजिएको छ ।

 

बलीवुड सुपरस्‍टार अक्षय कुमार फेरी दर्शकलाई हसाउन फेरी खेल खेलमा फिल्म लिएर आइसकेका छन् । कमेडी जनरामा बनेको फिल्म खेलमा निदेर्शक मुदासर अजिजले निर्देशन गरेको हुन भने अक्ष्य कुमार, एमी विक, ताप्सी पन्नु, वानी कपुर लगाएतको अभिनय छ ।

अब यी तिन मुवी मध्ये बक्स अफिसमा कसले बाजी मार्लान त्यो त समयले नै बताउँ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।