स्मारिका विमोचन गरिँदै ।

हेटौंडा । उद्योग संघ मकवानपुरको स्मारिकाको विमोचन गरिएको छ । शुक्रबार हेटौंडा–८,स्थित उद्योग संघ मकवानपुरको भवनमा ४६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संघले प्रकाशन गरेको स्मारिकाको विमोचन गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा तथा संघका अध्यक्ष बद्री शर्माको सभाध्यक्षमा प्रकाशित किताबको विमोचन गरिएको हो ।

औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका, नेपालमा स्टार्टअफ अवस्थाको चुनौती र सम्भावनाको र औद्योगिक जनशक्ति विकासमा प्रदेश परिसंघ विषयलाई समावेश गरेर स्मारिका प्रकाशन गरेको छ । यस्तै, मकवानपुर उद्योग संघको गरेको कार्यक्रम अन्तर्गत हेटौंडा अस्पताललाई अक्सिन प्यान्ट हस्तान्तर गरेको विषलाई, स्वास्थ्य परीक्षण विषयलाई र कोरोना महामारीको समयमा कोरोना विरुद्धको खोपी लगाइदिएको विषयलाई स्मारिकामा समावेश गरेको बताइएको छ । यस अघि उद्योग संघले २०७७ सालमा स्मारिका प्रकाशन गरिसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योग भूमि आयोग तथा प्रशासन मन्त्रालयका मन्त्री सुकुयामा तामाङले हेटौंडामा चुरोट सूर्ती जन्य पदार्थको उद्योगलाई सञ्चालन गराउनका लागि पहल गर्ने बताएकी छिन् । उनले युवाहरुलाई सक्षम बनाउनका लागि युवा प्रवद्र्धन कोष स्थापनाका लागि पहल गर्ने बताइन् । संघीय सरकारको कार्यक्रम अन्तर्ग हेटौंडा–१४, मयुरधापस्थित औद्योगिक क्षेत्रलाई १० वर्ष पहिलै विकास गर्ने प्रयास गरेपनि असफल भएको प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले बताएका छन् । सरकारी क्षेत्रको निकायहरुले पनि उत्पादन क्षेत्रको विकासका लागि टेवा पु¥याउनुपर्ने धारणा राखेका छन् ।

प्रदेशका मुख्यमन्त्री लामाले उद्योग सञ्चालन गर्नाका लागि पहिला आर्थिक कुराको आवश्यक पर्ने बताएका छन् । सबै एक अर्कासँग मिलेर सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित बहादुर घलान, उद्योग संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।