उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०७८ ०७९ मा लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट गरेको छ ।
शुक्रबार पत्रकारहरुसँगको भेटघाट तथा छलफलमा आव २०७८ ७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्य १ हजार १ सय९४ रहेको र फछर्यौट १ हजार २ सय ८४ भएको जानकारी गराइएको हो ।
आव २०७६ ्०७७मा लगत १०७२ र फछर्यौट ६६४ रहेको थियो भने बाकीँ ४०८ थान मुद्दा रहेको अदालतका रजिष्ट्रार जगदिश प्रसाद भट्टले बताए । त्यस्तै, आव २०७७ ०७८ मा लगत १४४५ र फछर्यौट ८२६ हुनका साथै ६१९ थान बाकीँ मुद्दा रहेको रजिष्ट्रार भट्टले बताएका छन् ।
कार्यक्रममा न्यायधिश अब्दुल अजिज मुसलमानले जुनसुकै बेलामा मुद्दाको विषयमा प्रवक्ता सँग जानकारी लिन सकिने बताए ।
गोलाप्रथा लागु भएपछि न्यायधिश १० बजे आउने र ११ बजेनै बेन्च बस्ने गर्ने गरेको समेत जानकारी दिए ।
कार्यक्रममा न्यायधिश मेरिना श्रेष्ठ, निर्मला शाक्य, रजिष्ट्रार जगदिश प्रसाद भट्ट मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो।


























प्रतिक्रिया दिनुहोस्