रोशन दिप – मकवानपुर बहुमुखी क्याम्पसको संयुक्त विद्यार्थी संगठनले इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग राख्दै सडकमा उत्रिएर प्रदर्शन गरेका छन ।
क्याम्पसका स्ववियु अध्यक्ष प्रसिद्ध रेग्मीको नेतृत्वमा भएको प्रदर्शनमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
इनिसा विकको हत्यामा संलग्न दोषीहरुलाई कारबाहीको माग राख्दै ‘हत्यारालाई कारबाही गर, बलात्कारीलाई फाँसी दे भन्दै विद्यार्थीहरूले प्रदर्शनमा नारा लगाएका हुन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी इनिसाको बलात्कारपछि हत्या भएको आरोप लगाउँदै दोषीलाई कानुनी कारबाहीको माग राख्दै देशका विभिन्न ठाउँमा प्रदर्शन विद्यार्थीहरू सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।




























प्रतिक्रिया दिनुहोस्