Rato Samachar
Wed, 24 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

आन्तरिक पर्यटकको रोजाइमा चिउरीको झोलुङ्गे पुल

वालिङ, २९ साउन (रासस) ः स्याङ्जाको गल्याङ नगरपालिका ७ र ८ जोड्न चिउरीस्थित आँधीखोलामाथि बनाइएको झोलुङ्गे पुलमा अहिले आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । सामूहिक वा एक्लाएक्लै उक्त पुलमा पुगेर फोटो खिचाउने र टिकटक बनाउनेको भीड लाग्ने गरेको हो । वालिङ ८ निवासी शिक्षिका भोजकुमारी पाण्डे पुल मनोरञ्जनको साधनको रुपमा मात्रै नभई स्थानीय स्तरमा उत्पादित बस्तुको बजारीकरणका लागि महत्वपूर्ण भूमिका खेलोस् भन्नुहुन्छ । उक्त झोलुङ्गे पुलमा मानिसको भीड बढेपछि सुरक्षा सतर्कता तथा भिरालो ठाउँमा भएकाले सवारी साधनको पार्किङमा पनि समयमै ध्यान दिनुपर्ने बताइएको छ । पुलको क्षमता कति हो र एकपटकमा कति जनासम्म उक्त पुलमा आवतजावत गर्न सकिने हो भन्नेमा ध्यान दिनुपर्ने त्यहाँ पुग्नेको सुझाव छ । उक्त झोलुङ्गे पुल तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर उचाइको रहेको छ । रु एक करोड ८३ लाखमा पुल निर्माण भएको हो । स्याङ्जाको गल्याङ नगरपालिका–७ पेलाकोट र ८ को चिउरी जोड्ने आँधीखोलामाथि बनेको झोलुङ्गे पुल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा छ । पुल निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक पर्यटक घुम्न जाने गरेका कारण भीड बढ्दै गएको हो । वालिङ बजारबाट करीब ११ किलोमिटर र गल्याङ बजारदेखि करिब सात किलोमिटरको दुरीमा सिद्धार्थ राजमार्गको छेउमै निर्माण गरिएको झोलुङ्गे पुलमा दैनिक डेढ दुई सय अवलोकनका लागि आउने गरेका स्थानीय ज्ञानबहादुर रानाले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग भएर यात्रा गर्नेहरु पनि एकपटक यो पुलमा झरेर अवलोकन गर्ने तथा फोटो खिच्ने, टिकटक बनाउने गरेर जाने गरेका उहाँले बताउनुभयो । “भर्खरै निर्माण सम्पन्न भई खुल्ला गरिएको यो पुलमा विशेष गरी शनिबार दुई÷तीन सय आन्तरिक पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “अन्य दिन भने साँझको समयमा बढी र दिउँसो र बिहानमा थोरै आउने गर्छन् ।” दुई ठूला चट्टानी पहाडको बीचबाट बहेको आँधीखोलामा निर्माण गरिएको झोलुङ्गे पुल जिल्लाकै सबैभन्दा लामो र अग्लो रहेकाले यहाँ पर्यटकको आकर्षण बढ्दै गएको हो । “यो पुल निर्माण भएसँगै साथीभाइको समूह, पारिवारिक समूह धेरै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सिद्धार्थ राजमार्गसँगै पुल जोडिएकाले पनि जतिबेला पनि सवारी साधन पाइने भएकाले पनि पुलमा घुम्न आउने बढेका हुन् ।” गल्याङ ७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा आउनका लागि पनि पुलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास केदारनाथ मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका सचिव टिकाराम पाठकको छ । “बाटोको सहज पहुँच नहुँदा धार्मिक महत्व धेरै हुँदाहुँदै पनि यहाँ दर्शनका लागि दर्शनार्थी आउन सक्नुभएको थिएन”, सचिव पाठकले भन्नुभयो, “मन्दिरको भौतिक पूर्वाधारको काम भइरहेकाले अब छिट्टै पुलको मुखदेखि मन्दिरसम्म पुग्न सडक तथा सिँढी बाटो निर्माणमा जोड दिन्छौं, जसले गर्दा दर्शनार्थीलाई मन्दिरसम्म पु¥याउन सकियोस् ।” विसं २०७७ असारमा नुवाकोटको एसए शैलेन्द्र जेभीलेले सम्झौता गरेर निर्माण सुरु गरेको पुल २०७८ वैशाखमा सक्नुपर्नेमा कोरोनाले समय थपेर एक वर्षपछि विसं २०७८ असार अन्तिममा निर्माण सकिएको हो । देख्दा नजिकै देखिए पनि आँधीखोलाले बनाएको गल्छीले घुमेर वारपार गर्दा एक दिनै खर्चनुपर्ने अवस्था पुल निर्माणसँगै अन्त्य भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

लोकप्रिय



भर्खरै

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology