संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु  हुँदै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजाे बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। आजदेखि त्यसमै केन्द्रित रहेर छलफल हुन लागेको संसद् सचिवालयले जनाएकाे छ। संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ। हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ। त्यसकाे लागि सरकार तयारीमा जुटेकाे हाे।

नागरिक न्युजबाट साभार गरिएको छ ।