हेटौंडा। अस्तित्व ब्याण्डको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शनिबार हेटौंडा-८,स्थित कमानेमा सरस्वति थिङको  म स्वर्गीय बुवा  ईन्द्र बहादुर थिङको सातौ पुण्यतिथि को अवसरमा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । अस्तित्व ब्याण्डको अध्यक्ष निर्जल पुडासैनी (नारायण )को सभाध्यक्षमा तथा हेटौंडा-८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा प्याबसन नेपालको नगर कार्यसमिति सचिव सुदिपराज गिरी , मनकामना ख टोल बिकास समिति अध्यक्ष राजेश ढुङ्गाना , समाजसेबि सुबास गुरुङ , कमाने क्रिकेय क्लबको अध्यक्ष किशोर केसीको उपस्थिति रहेको थियो ।