Rato Samachar
Sun, 26 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति समाचार समाज

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

  • अर्थमन्त्री जनार्दन शर्माले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको अभियोग लागेपछि उहाँले गत असार २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको थियो । आज मात्रै नेकपा (माओवादी केन्द्र)का तर्फबाट अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको थियो । सोही आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको थियो । पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उहाँले विश्वव्यापी रुपमा अर्थतन्त्रमा समस्या देखिएको र त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको भन्दै आन्तरिक रुपमा सबलीकरण गर्न लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अर्थतन्त्रको सबलीकरण गर्न लागिपर्छु ।” मन्त्री शर्माले त्यसका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अर्थमन्त्र सबलीकरण गर्नुपर्छ । त्यसका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउनुपर्छ ।” उहाँले गत आवको बजेट कार्यान्वयनमा देखापरेका कमी कमजोरीलाई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयनमा लागिपर्ने बताउनुभयो । उहाँले बजेट कार्यान्वयनका लागि कर्मचारीतन्त्रले सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत उल्लेख गर्नुभयो । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दरमा हेरफेर गरेको आरोप लागे पनि नैतिकता देखाउँदै उहाँले राजीनामा गर्नुभएको थियो । उहाँले आफू छानबिनका लागि तयार रहेको बताउनुभएको थियो । प्रतिनिधिसभाले गठन गरेको समितिले उहाँलाई शुक्रबार निर्दोष रहेको बताएको थियो । पदभार ग्रहणपछि अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा बढाउने निर्णय गर्नुभएको थियो । चालु आवको बजेटमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिन लागेको हो । नयाँ व्यवस्थाअनुसार अब निक्षेप बीमाको विद्यमान सीमा रु तीन लाखबाट बढेर पाँच लाख बराबर हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology