
रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा फागुन २९ गते होली पर्व देखि दुई नेपाली मुवी ‘अन्जिला’ र आउटल : दफा २१९ रिलिज हुँदैछन्।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा पहिलो नम्बरकी गोलरक्षक एन्जिला तुम्बापोको जीवनीमा बनेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
केहि समय मण्डला थिएटरमा अभिनय सिकेर एन्जिलाले पहिलो पटक ठुलो पर्दामा त्यो पनि आफ्नै जिवनीमा बनेको फिल्ममा अभिनय गरेकी हुन् ।
एन्जिलासँगै दयाहाङ राई, बुद्धी तामाङ, सृजना सुब्बा, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ भने केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा मुन लभ इन्टरटेमेन्टले सहकार्य गरेको हो ।
प्रेमकुमार श्रेष्ठ निर्माणमा बनेको सह निर्मातामा केन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश अग्रवाल रहेका छन्फि भने यस थापाले लेखेका हुन् ।
फिल्ममा एन्जिलाले फुटबलर बन्नका लागि गरेको तपस्या, बच्चाबेला देखि खेल जीवन सम्मको यात्रा गरेर पाएको सफलताको कथालाई देखाउन खोजिएको छ । खेल क्षेत्रमा आफ्नो भविष्य खोज्नेहरुका लागि यो फिल्म प्रेरणा बन्ने विश्वास निर्माण टिमको छ ।
…………………………………………………………………………………………………………………………..
आउटलः दफा २१९ एक्सन जनरामा बनेको चलचित्रको हो ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेका फिल्ममा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा छन् । उनी सँगै महेश त्रिपाठी, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, मारिया कार्की र अयान परियार लगायतको अभिनय यस चलचित्रमा देख्न सक्छौँ ।
नवीन गुरुङले छायांकन गरेको फिल्मको निर्माता अमित अग्रहरी र निशा गुइडे हुन् । त्यसैगरिसह–निर्माता विकास चौधरी र कार्यकारी निर्माता विनोद कठायत हुन् भने साहिल खानको सम्पादन र चुल्ठे काजीको एक्सन छ ।
बक्स अफिसमा कुन मुवीले बाजी मार्ला त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस्