हेटौंडा । हेटौंडामा निःशुल्क आँखा शिविर कार्यक्रम हुने भएको छ । यही असार १५ गते हेटौंडा–४,स्थित पशुपति मन्दिरको निःशूल्क रुपमा वृहत् आँखा शिविर कार्यक्रम हुने भएको हो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालय र हेटौंडा–१०,स्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिएका छन् ।
शिविर बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुने वडाध्यक्ष नवीन सिग्देलले बताए । शिवरमा निःशूल्क आँखा परीक्षण, आवश्यकता अनुसार निःशुल्क औषधी वितरण, साहुलियत दरमा चश्मा वितरण र मोतिबीन्दूको निःशूलक शल्यक्रिया गरिने उनले बताए । यस अघि ४ नम्बर वडा कार्यालय, हेटौंडा उपमहानगरपालिकाको र नेपाल हृदय रोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा मुटुरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरेको उनले बताए ।














प्रतिक्रिया दिनुहोस्