क्याम्पस तहका विद्यार्थीहरुको चासो बनेको विषय स्ववियु निर्वाचनमा बिभिन्न स्थानमा आफ्नो पक्षको बिद्यार्थी नेतालाई उम्मेदवार बनाउने र जिताउने अभियानमा बिद्यार्थीहरुनै जुटिरहेका हुन् ।
हेटौंडा उपमहानगरपालिकामा रहेको बिभिन्न क्याम्समा पनि स्ववियु निर्वाचनको मत परिणमा पनि आइसकेको छ ।
यसैक्रममा स्ववियु निर्वाचनअन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा विजयी भएका छन् ।
सोमबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार लामाले ८ सय १३ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्माले ६ सय ८२ मत प्राप्त गरेका हुन् ।
यसैगरी स्ववियु सचिवमा क्रान्तिकारीका वर्षाद घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियुको हिमानी कुमारी सुवेदी निर्वाचित भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ निर्वाचित भएका छन् ।
क्रान्तिकारीबाट नारायण पुडासैनी, सुजन सिलवाल, राहुल डिम्डुङ निर्वाचित भएका हुन् ।























प्रतिक्रिया दिनुहोस्