
मानव र सर्पको संरक्षणमा सक्रिय रहेर सर्प उद्धार गर्दै आएका राजेश “गरिब” सम्मानित भएका छन् ।
निर्माण व्यवसायी संघ मकवानपुरद्धारा आयोजित दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सम्पन्न कार्यक्रममा सर्प उद्धारमा खटिदै मानव सर्पको संरक्षण अभियानमा रहेका गरिबलाई दोसल्ला ओढाउदै सम्मानपत्र सहित सम्मान गरिएको हो ।
मकवानपुरका पत्रकार समेत रहेका गरिब हरेक समय निःशुल्क मकवानपुर लगायत हेटौंडा उपमहानगर भित्र हरेक वडाका घरघरमा पुगेर घरभित्र पसेका सर्प उद्धार गर्दै मानाव बस्तीभन्दा टाढा बन्यक्षेत्रमा लगरे छाड्ने गरेका छन् ।
सर्प उद्धार क्षेत्रमा क्रियाशिल भई सर्प उद्धार क्षेत्रमा पुऱ्याएको योगदानको उच्च कदर भन्दै गरिएको सम्मानले उर्जा अझ थपिएको “गरिब” ले बताए ।
गरिबले भने “सम्मान ले कामको गति अझ तिब्र पार्न प्रेरित गरेको छ । सञ्चारक्षेत्रमा रहेसंगै यो पनि सामाजिक कार्य भएकाले गर्दै आएको हो । आज म सम्मानित भएपनि सञ्चार क्षेत्रमै रहेका रोशन दिपको पनि भरपुर साथ छ ।दिप ले पनि सर्प समात्नु हुन्छ । अर्को कुरा हामीले सेवा दिएर शुल्क भने लिदैनौ ।”
गएको फाल्गुण ६ देखि सूरु भएको व्यापार महोत्सव समापन संघका अध्यक्ष बालगोपाल कंडेलको सभाध्यक्षता
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
…………………………….
सर्प उद्धार गर्दैगर्दा अहिले सम्म १४ प्रजातीका सर्पहरु फेला पारिसकेको र जसमा विषालु किङ्कोब्रा, स्पेक्टिकल कोब्रा, मोनोस्लेड कोब्रा , ग्रिनपिट भाइपर, बेण्डेड करेत फेला परेको जानकारी दिए ।
त्यस्तै गरि अविषालुमा कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, फ्रोस्टेन क्याट स्नेक, चेर्कड किलव्याक, अर्नेनेट फ्लयाइङ्ग स्नेक, बफस्ट्रिप्ड किलव्याक र धामन सर्प भने प्रसस्त उद्धार गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्