Rato Samachar
Wed, 28 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
निर्वाचन राजनीति समाचार

सप्तरीमा नौ हजार मतदाता थपिए

सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । गत बैशाख३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय ३९ पुरुष र चार हजार दुई सय ७५ महिला मतदाता थपिएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनुभयो । निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर आज निर्वाचन आयोग पठाउने जिल्ला निर्वाचन अधिकारी जोशीले बताउनुभयो । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने जोशीको भनाइ छ । आयोगले जिल्लामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय कञ्चनरूप र बोदे बर्साइनबाट मतदाता नामावली सङ्कलन गरेको थियो । स्थानीय तह निर्वाचनमा जिल्लामा दुई लाख १३ हजार आठ सय ९२ पुरुष, एक लाख ९८ हजार पाँच सय ३२ महिला र २१ अन्य गरी चार लाख १२ हजार चार सय ४५ मतदाता थिए । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् । सरकारले मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै यही साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनकार्य स्थगन भएको छ । मतदाता नामावली ऐन २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन (साउन १९ गते)सम्म सङ्कलित र मतदान हुने मिति (मङ्सिर ४ गते)भन्दा अघिल्लो दिन १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रकिया प्रारम्भ भएको आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली दाबी विरोधसहितको अद्यावधिक कार्य सम्बन्धित निर्वाचन कार्यालयमा नै सञ्चालन हुने आयोगले जनाएको छ । सो अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, झुठा विवरणको विरोधमा उजुरी दिन, दोहोरो नामावली हटाउन, मृत्यु भएकाको नाम हटाउन, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भए पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ । मतदाता नामावली अद्यावधिककार्य सम्पन्न भएपश्चात प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि भदौ ३१ गते अन्तिम मतदाता नमावली प्रकाशन हुने आयोगका सहसचिव तथा प्रवक्ता पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

2

बागमती प्रदेशः यी ६ मुख्यमन्त्री बन्ने दौडमा

3

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

4

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

5

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

6

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

7

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

8

Mastering Online Slot Strategies: Insights from Industry Leaders

9

मनहरी गाँउपालिका द्धारा पशु पालकका लागि अनुदान

10

दैलेखमा ग्यास बोकेको ट्रक दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology