
रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा चैत्र २९ गते शुक्रबार देखि दुई नेपाली मुवी र एक हिन्दी मुवी रिलिज हुँदैछ।
मल्टिस्टारर एक्सन फिल्म पिताम्बरलाई कृषा चौलागाईंले निर्देशण गरेकी हुन् ।
फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, सुरक्षा पन्त, अनुपविक्रम शाही, रविन्द्र झा, प्रमोद अग्रहरि, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट लगायतको अभिनय रहेको छ।
…………………………………………………………………………………………………………………………..
कर्मा सौरभ चौधरीको निर्देशणमा बनेको एक्सन फिल्म हो । जसमा विपिन पहिलो पटक एक्सन अवतार मा देखिएका हुन् ।
फिल्ममा विपिन कार्की सँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, बेन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
…………………………………………………………………………………………………………………………..
हिन्दी फिल्म गदर २’ को अपार सफलता पछि सन्नी देओलले फिल्म ‘जाट मार्फत फरक अवतारमा कमब्याक गर्न लागेका छन् ।
एक्सन जनरामा बनेको फिल्ममा रणदीप हुड्डा सँगै साउथ हिन्दी फिल्मका दिग्गज अभिनेता जगपति बाबु, बाहुबली फेम राम्या कृष्णनm नायिका सैयामी खेर, हिन्दी फिल्म ‘छावाबाट चिनिएका विनीत कुमार सिंह लगाएत कलाकारको अभिनय रहेको छ ।
…………………………………………………………………………………………………………………………..
बक्स अफिसमा कुन मुवीले बाजी मार्ला त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस्