नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुिस्थत केन्द्रीय कार्यालयमा शुक्रबार बिहानैदेखि सुरु भएको छ ।

झण्डै हप्ता दिनसम्म चल्न सक्ने यो बैठकमा देशको समसामयिक परिस्थिति का विषयमा छलफल हुने पार्टीका एक नेता गोकर्ण विष्टले बताउनुभयो ।

बैठक हप्तादिनसम्म चल्नेछ । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदमा पास भएको छ । यी लगायत निर्वाचनका विषय जनतामा कसरी लाने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

खासगरी, आसन्न निर्वाचन सम्बन्धमा पनि पार्टीमा छलफल भएको र यसमा फरक मत पनि आएको उहाँले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको बैठकमा जनताको पक्षमा निर्णय हुनेछ । नेताहरु एकमत हुनुहुने उहाँले बताउनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो