Rato Samachar
Mon, 22 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

वालिङको पहिचान ‘गुलाबी अभियान’

स्मार्ट सिटीको अवधारणाअनुसार काम गर्दै आएको स्याङ्जाको वालिङ नगरपालिकालाई ‘गुलाबी सहर’ बनाउने अभियान पनि प्रभावकारी बन्दै गएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनसँगै निर्वाचित जनप्रतिनिधि र नगरपालिकाभित्र रहेका विभिन्न सङ्घ संस्थाको सामूहिक छलफलबाट वालिङलाई ‘गुलाबी सहर’ कारुपमा विकास गर्ने अभियान थालिएको थियो । गुलाबी रङलाई सौहार्दता, माया, सुन्दरता र शक्तिको प्रतीककारुपमा मान्दै आइएकाले पनि यो रङ छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । ‘गुलाबी सहर’ बनाउने अभियानलाई यसअघि नै नगरसभाले पारित गरेर अगाडि बढेसँगै अहिलेको नीति तथा कार्यक्रममा यसलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । “नगरपालिकाभित्रका बजार वा गाउँमा नयाँ बनेका ८० प्रतिशतभन्दा बढी घरमा गुलाबी रङ लगाइएको छ” प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “नयाँ बनेका घरको हकमा गुलाबी रङ नलगाउँदासम्म घर सम्पन्नताको प्रमाणपत्र दिदैनौँ, गुलाबी रङलाई अनिवार्य गरेका छाँैं ।” घरको बाहिरी भित्तामा घरधनीले अनिवार्यरुपमा गुलाबी रङ लगाउनुपर्ने छ भने भित्री भित्तामा आफ्नो रोजाइँको रङ प्रयोग गर्न पाईने उहाँले उहाँले बताउनुभयो । पुराना घरमा पनि रङ रोगन गर्दा बाहिरी भित्तामा गुलाबी रङ प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ । जनप्रतिनिधिको दृष्टि तथा नगरवासीको साथ र सहयोगले नै नगरपालिकालाई ‘गुलावी सहर’ का रुपमा पहिचान दिने गरी अगाडि बढ्न सकिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । वालिङमा २०७४ सालदेखि हालसम्म एकहजार ८२० नयाँ घर निर्माण भएको नगरपालिकाको घरनक्सा शाखामा उल्लेख छ । उक्त शाखाका अनुसार नयाँ बनेका सबै घरका बाहिरी भित्तामा गुलाबी रङ लगाइएको छ । गुलाबी रङ नलगाइकन सम्पन्नताको प्रमाणपत्र नदिइने भएकाले पनि घरमा गुलाबी रङ लगाउने अभियान प्रभावकारी बन्दै गएको हो । वालिङस्थित विभिन्न कम्पनीका रङका डिलर तथा बिक्रेतासँग छलफल गरी गुलाबी रङमा ग्राहकले खरिद गर्दा मूल्यमा झण्डै आधा छुट दिने व्यवस्था नगरपालिकाले मिलाएको थियो । रङ व्यवसायी तथा कम्पनीले रङको खरिदमा छुट दिएर वालिङलाई ‘गुलाबी सहर’ कोरुपमा पहिचान दिनेगरी सहकार्य गर्दै अगाडि बढेको वालिङस्थित जय श्री अधिकारी ब्रदर्शका सञ्चालक वासुदेव अधिकारीले बताउनुभयो । “नगरपालिकाले अगाडि सारेको गुलाबी अभियानमा सहकार्य गर्दै करिब आधा छुट उपलब्ध गराएका थियौँ” उहाँले भन्नुभयो,“तर पछिल्लो समय रङको मूल्य चार÷चार पटक वृद्धि भएर आएकाले हाल बढीमा २०–२५ प्रतिशतमात्रै छुट दिन सकिने अवस्था छ ।” गुलाबी रङभित्रैबाट विशेष सुत्रमार्फत छुट्टै ‘वालिङ पिङ्क’ नामक रङ उत्पादन गरी सबै व्यापारी तथा डिलरलाई उक्त सुत्र अनुसार रङ बनाउन सिफारिस गरिएकाले एकरुपता भएको हो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology