रातो समाचारकर्मी राजेश थापा (गरिब)लाई सम्मान गरिँदै ।

हेटौंडा । हेटौंडाबाट सञ्चालित रातो समाचार डटकम अनलाई पत्रिकाका सञ्चालक राजेश थापा (गरिब) सम्मानित भएका छन् । शनिबार चौंथो संस्करणको मिस्टर मकवानपुर प्रतियोगितामा हेटौंडा–४,स्थित ओम्याक्स सिनेमा हलमा रातो समाचारकर्मी राजेश थापा (गरिब)लाई सम्मान गरेको हो । विगत २२ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै सामाजिक एव्म राजनैतीक क्षेत्रमा कलम चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै गरिबलै मकवानपुर शारीरिक सुगठन तथा फिट्नेस संघले ५ हजार रुपैयाँको नगद राशि तथा सम्मानपत्र प्रदान गरिएको छ । पत्रकार गरिबीसँग संघले खेलकुद लगायत अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो ।

संघका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको थियो । नगर उपप्रमुख राजेश बानियाँ, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट सोसिएल एण्ड साइनसका प्रिन्सीपल पुरन बहादुर जोशीको उपस्थितिमा सम्मान गरिएको थियो । मिस्टर मकवानपुरका संयोजक सुनिल लोप्चनको संयजकत्वमा प्रतियोगिता भएको थियो ।