रोशन दिप – रमजानलाई इस्लाम धर्मको सबैभन्दा पवित्र महिना मानिन्छ । करिब एक साता पहिलेनै मुस्मिल धर्मालवम्बीहरुको पवित्र महिना रमजान पर्व सुरु भइसकेको छ । रमजानको महिनामा उपवास ९रोजा० रमजानभरी मुसलमानहरूले बिहानको सूर्योदय अघि (सहर) देखि साँझ सूर्योस्त (इफ्तार) सम्म खाना–पानी नखाई उपवास बस्छन् । यही महिनामा पवित्र ग्रन्थ कुरान अवतरण भएको इस्लामिक मान्यता रहेको छ । दान–पुण्यः गरिब तथा असहायलाई सहयोग गर्ने (जकातरसदका) परम्परा बलियो हुन्छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४,भैरवरोडमा रहेको जामे मस्जिदमा पनि ब्रतालूहरु दिनभरीको ब्रतपछि रोजा खोल्नका लागि आउने गरेका छन् । दिनभरीको ब्रतपछि सूर्य अस्ताएर अजान भएपछि रोजा खोलिन्छ ।
जस अन्तर्गत आइतबार रमजान पर्व सुरु भएको ११ औं दिनमा मुस्लिम युवा संघ मकवानपुरले हेटौंडाको जामे मस्जिदमा आएका ब्रतालूहरुलाई इफ्तारी गराएका छन् । हेटौंडा भित्रका मुस्मिल युवाहरुको समूह मिलेर संगठित भएका युवाहरुले एक अर्कासँग रकम सहयोग उठाएर इफ्तारि गराएका हुन् । यस अघि पनि मुस्लिम युवा संगठनका युवाहरुले जामे मस्जिदमा रोजा ब्रत खोल्न आउने रोजेदाहरुलाई इफतारी गराइसकेको संघका सदस्य सोहिल मियाले जानकारी गराएका छन् ।
अहिले चलिरहेको रमजान महिनामा दैनिक ५ सय देखि ६ सय जनाको हाराहारीमा इफ्तारिका लागि रोजेदाहरु आउने गरेको सदस्य सोहिल मियाले बताए । उनका अनुसार अहिले चलिरहेको रमजान महिनाका लागि मुस्मिल युवा संघका युवाहरुले एक अर्कासँग सानो सानो रकम संकलन गरेर इफ्तारी गराउने गरेको र अन्य बाहिरी ठाउँबाट कसैबाट सहयोग नआएको बताएका छन् ।
ब्रताहरुको रोजा खोल्नका लागि सबैले एकरएक दिन बिराएर पालैपालो इफ्तारिका लागि आवश्यक मासु, फलफल लगायतका सामाग्रीहरु ल्याउने गरेको बताए । उनका अनुसार हरेक दिन १र१ मिनेटको समय बढ्दै रोजाको ब्रत खोल्ने समय हुनेछ । हरेक वर्ष १५ दिनको घट्दै रमदान महिना आउने उनको भनाई छ । रमजान सकिएपछि ईद–उल–फित्र पर्व मनाइने उनले बताए । हिन्दु, मुस्लिम, ख्रीष्चयन जुन धर्म मानने भएपनि एकअर्काबीच खुशी साटासाट गरेर यो पर्व मनाइने गरिएको उनको भनाई छ । रमजानको महिनामा हेटौंडाको मस्जिदमा पनि उल्लेखनीय संख्यामा मुस्लिम धर्मालम्बीहरुको मानिसहरुले देखिने गरेको छ । उनीहरुले रोजा खोलेपछि मगरिबको नमाज पढ्ने गरेका छन् ।





















प्रतिक्रिया दिनुहोस्