Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

मनोरीदेवी उपचारका अभावमा आठ महिनादेखि ओछयानमा

रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’(मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका–५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउद उपचारका अभावमा आठ महिनादेखि ओछयान पर्नुभएको छ । गत पुस १७ गते गाईगोरुका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर उहाँलाई ‘स्पाइनल इन्जुरी’ भएको हो । परिवारजनले धेरै ठाउँमा उपचार गराए पनि उहाँ ठीक हुन सक्नुभएको छैन । “काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म उपचारका लागि पु¥याए पनि ठीक हुन सकेको छैन”, मनोरीका श्रीमान् नरेन्द्रले भन्नुभयो, “विस्तारमै खाना खुवाउनेदेखि दिसापिसाबसमेत सफा गर्नुपर्ने अवस्था छ ।” मासिकरुपमा रु २० हजार बढीको औषधिमै खर्च गर्नुपर्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । “भारतमा काम गर्थे घरको खर्च चल्थ्यो”, नरेन्द्रले भन्नुभयो, “श्रीमती रुखबाट लडेर थला परेपछि घर खर्चसँगै उपचार खर्च चलाउन निकै धौधौ भएको छ ।” हालसम्म उपचारमा रु २५ लाख बढी खर्च भएको र त्यसमध्ये रु १२ लाख कर्जा लिएर उपचार गरिएको उहाँले बताउनुभयो । भएको सबै रकम उपचारमा खर्च भइसकेपछि साउद परिवार औषधीका रकम जुटाउन सक्ने अवस्थामा छैन । “एकातर्फ छोराछोरीको पढाइ खर्च चलाउनुपर्ने अस्था छ”, नरेन्द्रले भन्नुभयो, “अर्कोतर्फ ओछ्यान परेकी श्रीमतीको उपचार खर्च जुटाउनुपर्ने आपद् आइलागेको छ ।” कर्जा पाउने सबै ठाउबाट पैसा मागेर उपचारमा खर्च गरी सकेपछि कोही पनि अब कर्जा दिनसमेत तयार नभएको उहाँले दुःखेसो पोख्नुभयो । श्रीमतीको थप उपचारका लागि उहाँले दातृ निकायसँग आग्रह गर्नुभएको छ । वडाध्यक्ष चक्रबहादुर खड्काले ओछ्यान पर्नुभएकी मनोरीको उपचारका लागि व्यक्तिगतरुपमा रु १० हजार सहयोग गरेको बताउनुभयो । “साउद परिवारको अवस्था निकै दयनीय भएकाले ज्यान जोगाउनका लागि भएपनि उपचारमा सहयोग गर्नका लागि सङ्घ, संस्था, सरकारी निकाय, दाता र दातृ निकायसँग आग्रह गर्छु”, उहाँले भन्नुभयो । “स्पाइनल इन्जुरी भएकालाई सरकारले मासिकरुपमा रु पाँच हजार दिने व्यवस्था गरिएको छ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “यसका लागि आवश्यक कागजात पेश गरे पाउने रकमका लागि हाम्रा तर्फबाट हुने सहयोगका लागि तत्पर छौँ । औषधिका लागि यसबाट पैसाको व्यवस्था मिलाउन सकिन्छ ।” नगर उपप्रमुख कल्पना पन्तको पहलमा स्पाइनल इन्जुरी भएकी साउदलाई ‘एयर म्याट्रेस’ उपलब्ध गराइएको छ । ओछयानमा रहदा हुने घाउ(वेड स्वर) नहोस् भन्नका लागि सुदूरपश्चिम सरकार मातहत रहेको औषधि आपूर्ति शाखाबाट एयर म्याट्रेस ल्याएर पीडित महिलाको घरमै पुगेर उपलब्ध गराइएको नगर उपप्रमुख पन्तले बताउनुभयो । नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology