Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

मङ्कीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा महत्वपूर्ण सार्वजनिक महत्वको विषयबारे समय मागेर बोल्दै उहाँले मङ्कीपक्स जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाइ गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । ‘‘मङ्कीपक्सले विकसित मुलुकलाई आक्रान्त तुल्याएको छ । नेपाल सरकारले यसबारे सार्वजनिक ढङ्गले सुसूचित गरेको छैन । सीमामा साइनबोर्ड, विमानस्थलमा सचेतना सन्देश राखिएको छैन । खुला सिमाना भएकाले भारतमा समेत देखिइसकेकाले बेलैमा पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन सरकारसमक्ष माग गर्दछु”, सांसद भट्टराईले भन्नुभयो । उहाँले काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउनेबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । काठमाडौँ उपत्यकामा ३४ जना हैजाका बिरामी भेटिइसकेका छन् भन्दै उहाँले समुदायस्तरमा हैजाको महामारीको रुप लिन नदिन राजधानी उपत्यकाका सबै खानेपानी र पिउने पानीका मुहानको गुणस्तरमापन परीक्षण गरेर जनस्तरमा सचेतना फैलाउन जरुरी भएको उल्लेख गर्नुभयो । सांसद भट्टराईले कोभिडको नयाँ प्रजाति देखिएकाले त्यसको नियन्त्रणबारे सदनलाई जानकारी गराउन सरकार समक्ष माग गर्नुभयो । सांसद खगराज अधिकारीले अमेरिकी स्टेट पार्टनर्ससिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर पत्र पठाइएको विषयबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद अञ्जना विशङ्खे, अम्रिता थापा मगरलगायतले अष्ट्रेलियामा भइरहेको आइपिएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रधान सेनापतिलाई कसरी पठाइयो भनी प्रश्न गर्नुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology