हेटौंडा । यही माघ २५ गतेदेखी मकवानपुरमा एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालय मकवानपुरले मकवानपुरका ४ हजार ४ सय ३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सोमबार भएको नियमित खोपमा विद्यालय केन्द्रित एचपीभी खोप सम्बन्धी संचारकर्मी सरोकारवालाहरुसंग वहस तथा पैरवी अन्तरक्रिया कार्यक्रममा विद्यालय केन्द्रीत रहेको खोप अभियान संचालन गरिने बताइएको छ ।

जिल्लाभरि समन्वित ढंगले अघि बढाउन राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु हुन लागेको हो  यो अभियानलाई मकवानपुरले पहिलोपटक राम्ररी अघि बढाएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका कार्यालय प्रमुख लक्षमण घिमिरेले माघ २५ गतेदेखी आगामी फागुन १ गतेसम्म सञ्चालन गर्ने बताएका छन् । विद्यालय केन्द्रीत रूपमा सञ्चालन हुने खोप अभियान कार्यक्रममा विद्यालयमा भर्ना भएका सबै किशोरीलाई खोप विद्यालयमै पुगेर खोप्वलगाइने उनले बताए ।

मकवानपुरको सबै पालिकाहरुमा पुगेर कक्षा-६ देखि कक्षा-१० सम्मका बालबालिकाहरुलाई पाठे घरको मुखको क्यान्सरबाट जोगाउन खोप लगाइने बताए । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा देखिने घातक क्यान्सरमध्ये एक मानिन्छ। यसलाई समयमै रोकथाम गर्न सकिने भएकाले एचपीभी खोपलाई सरकारले राष्ट्रिय खोप कार्यक्रममै समेटेको उनले बताए । यो समयमा खोप लगाउन छुटेकालाई दोस्रो चरणमा खोप लगाइने उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी