वडाध्यक्ष नवीन सिग्देल ।

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष नवीन सिग्देलले विकास भाष साँस्कृतिको प्रवद्र्धन र सामाजिक अभियानको क्षेत्रलाई वडाले प्राथमिकता दिएको बताएका छन् । वडाध्यक्ष नवीन सिग्देलले भौतिक पूर्वाधारसँगसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटनको क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका हुन् । वडा कार्यालय गरेको कामको समीक्षा गर्न आयोजित कार्यक्रममा उनले भाषा साँकृतिको प्रवद्र्वन, वातावरण संरक्षण र सामाजिक अभियान क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गर्दै आएको बताए । ४ नम्बर वडा उपमहानगरपालिका भित्र रहेको अन्य वडाको तुलनामा मुटु मानिने भएकोले नगरमा प्रतिनिधिमूलक कार्यलाई अगाडि बढाएको विश्वास दिलाउनुभयो । उनले विकासको कार्य जनताको लागि भएकोले जनताहरुले सो कार्यमा सहभागिता र अपनत्व देखाउनुपर्ने धारण राखेका थिए । कार्यक्रममा सहभागीहरुले वडाले गरेको कार्यप्रति सन्तृष्ट हुँदै अन्य थप कार्यका लागि सुझाव दिएको बताए । विकासको कार्यलाई चौतर्फी अगाडि बढाउन सहयोग गर्ने कार्यक्रममा सहभागीहरुले प्रतिवद्दता जनाएका थिए ।

वडा सदस्य गीता त्रिपाठीको अध्यक्षतामा भएको भेलामा कार्यक्रम भएको हो । कार्यक्रममा समाजसेवी प्रदीप कोईराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, टोल विकास संस्थाका अध्यक्षहरू निरू अर्याल सुवेदी (गर्दाेही), शान्ति बराल (लक्ष्मी), गणेश श्रेष्ठ (चिल्ड्रेन पार्क), गंगा अर्याल (चिसापानी), राजु अर्याल (हरियाली), सुदर्शन ढकाल (प्रतिभानगर), स्वेता कोईराला (प्रजातान्त्रिक), आशा विष्ट (बीरेन्द्र नगर) र सुन्दर न्यौपाने (श्रद्वानगर) सहित टोलबासीहरूको उपस्थिति रहेको थियो । अन्य टोल विकास विकास संस्थाको भेला बैशाख २९ गते हुने वडा सचिव रामप्रसाद गुरागाईँले बताए ।