प्रेस सेन्टर नेपाल बागमती प्रदेशको अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् ।
बागमती प्रदेशमा पर्ने सिन्धुपाल्चोकको सुकुटेमा अवस्थित भोटेकोशी बीच रिसोर्टमा सम्पन्न प्रदेशको पाँचौ अधिबेशनबाट अधिकारीको नेतृत्वमा मकवनपुरका अधिकारी चयन भएका हुन् ।
त्यस्तैगरै समितीको उपाध्यक्षमा राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अन्जली तामाङ, महासचिवमा नविन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भिर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।

त्यस्तैगरि सदस्यहरूमा गिता अधिकारी ,नवराज अधिकारी , मनोज दाहाल,अनिल अधिकारी, यादव चौलागाई, रूपा अर्याल, रूपा गुरूङ , कमला स्याङ्तान,अस्मिता, उमेश राई, कविता नेपाली, गोपिलाल तमाङ चयन भएका छन् ।
समितिको लेखा संयोजक बाल गोविन्द न्यौपाने
अनुशासन संयोजक मिना श्रेष्ठलाई चयन गरिएको हो ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेश कमिटी अध्यक्ष यदुनाथ गौतमको सभाध्यक्षता नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नी सापकोटाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्धघाटन भएको हो ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा जुगल, पार्टी केन्द्रिय सदस्य केशब नेपाल, पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री,सिन्धुपाल्चोक जिल्ला पार्टी संयोजक गोबिन्द पराजुली,प्रेस सेन्टर नेपाल वरिष्ठ केन्द्रिय उपाध्यक्ष कमल गिरि ,केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का,केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञवाली,केन्द्रिय उपाध्यक्ष गङ्गा बराल,केन्द्रिय महासचिव संतोष पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, लगाएतको आतिथ्यता रहेको थियो ।