हेटौंडा । नेकपा एमाले निकट प्रेस संगठन प्रेस चौतारी नेपालको स्थापन दिवसको अवसरमा दीपप्रज्जवल कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार हेटौंडा-१०,स्थित बुद्ध चोकमा प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै प्रेस चौतारी मकवानपुरले दीपप्रज्जवलन कार्यक्रमको आयोजना गरिएको हो ।

प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दहालको अध्यक्षतामा भएको दीपप्रज्जवलन कार्यक्रममा चौतारीमा आवद्ध भएकासहित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी,पत्रकार महासंघ प्रदेश सदस्य उज्जवल अधिकारी, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दहाल, मकवानपुरकी उपाध्यक्ष प्रतीक्षा न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी