
हेटौंडा । नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विकास गर्दा वातावरण र पारिस्थतीक प्रणालीलाई कायम राख्नुपर्ने बताएका छन् । विकास गर्दाको समयमा वातावरणमा कुनै प्रकारको क्षति हुन दिन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका हुन् । गत महिनाको जेठ ४ गतेदेखि आली खुट्टाले पैदल यात्रा सुरु गरेका एक महिनामा असार ३ गते काठमाडौंसम्म यात्रा गरेका अभियानकर्मी नवराज बोहोराले बालुवाटारको प्रधानमन्त्री निवासमा ओलीसँग भेटघाट गरेका ।
उक्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विकासको कार्यले वातावरणलाई नबिगारेर वातावरणसँगसँगै विकास पनि जानुपर्ने बताए । अभियानकर्मीले गरेको कामलाई राम्रो र सुक्षम ढंगबाट लग्न उनले आग्रह गरेका छन् । उनले भने– सुशासन भनेको भ्रष्टचार नियन्त्रण होस, घुशखोरी नियन्त्रण हो भन्ने कुरामा पर्छ । अभियानकर्मीले गरेको सबै कुरा सकारात्मक पाटोतर्फनै पर्ने भएकोले उनले खुसी व्यक्त गरेका छन् । उनले आफूले सुरु गरेको कार्यलाई ठीक ढंगबाट लग्नका लागि आग्रह गरेका थिए ।
अभियानकर्मीले पहिलो चरणको आफ्नो कार्य सफल भएको बताएका छन् । आफूले भोगेको कुराहरुको बारेमा जानकारी गराउन पाएको उनले बताए । विभिन्न प्रकारका भ्रष्टाचार र अनियमितता कुरालाई सुनाउन बाँकी रहेको उनले बताए । विकास निर्माण भन्दापनि प्रकृति, पशुपंक्षी, संस्कृति प्रणाली र मान्यतालाई लोप हुन नदिनका लागि अभियान गरेको उनको भनाई छ ।
उनले कर्णाली प्रदेशको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणको मुद्दा सुरु गरेर हेटौंडामा आइपुगेको उनले बताए । अभियान र पैदलयात्रा गर्दाको समयमा आफूले गरेको अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्यासँगै समाधानका लागि गरेको कार्यको बारेमा जानकारी गराएका छन् । अब उनले नयाँ ढंगबाट यात्रालाई अगाडि बढाउने बताए ।
अभियान कर्मीले बोहोराले माओवादीका अध्यक्ष प्रचण्डसँग भेटे
यस्तै, उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेटघाट गरेका छन् । उनले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लागेको माओवादीका अध्यक्ष प्रचण्डलाई जानकारी गराएका छन् ।
अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने बताएका छन् । उनले आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको दावी गरेका थिए । बोहोराको अभियानलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्दै सो अभियानलाई जारी राख्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्