राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नेपाली चलचित्र क्षेत्रमा कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै नेपाली चलचित्रमा हुने ‘सेन्सरसिप’को विषयमा बोल्दै रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेकोप्रति विरोध गरेका ह्न् ।

उनले भने “राजा भनेको शब्द नै सुनेर सरकारलाई डर लाग्छ के हो, सेन्सर लगाईदिहाल्छन् । ? यस्तै सेन्सर लाउने काम  पछिल्लो समयमा नेपाली चलचित्र राजागंज,  लाजशरणम् मा गरियो।”

नेपाली चलचित्रलाई सेन्सर गरिएको भत्र्सना गर्दै चलचित्र समाजको ऐना रहेको र फिल्ममार्फत समाजका कुरा व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको धाराणा सुनाए ।

नेपाली चलचित्रमा सेन्सर गरी अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले नकाटिएला भन्न नसकिने र चलचित्रकर्मीहरूको सेन्सरशिपविरुद्धको आन्दोलनमा ऐक्यबद्धता रहेको अभिव्यक्ती दिएका हुन् ।