हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीका विजय गौतमले मकवानपुर क्षेत्र नम्बर-१ बाट र लवशेर विष्टले मकवानपुर क्षेत्र नम्बर-२ बाट उम्मेद्वारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचन कार्यक्रम अन्तर्गत मङ्गलबारको उम्मेद्वारी मनोनयन दर्ता कार्यक्रम अन्तर्गत क्षेत्र-१ बाट विजय र लवशेरले उम्मेद्वारी दर्ता गराएका हुन् ।

गौतम नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका इन्चार्ज पनि हुन्  । विष्ट नेपाली कम्युनिष्ट पर्टी बागमती प्रदेश कमिटीका सचिवालय सदस्य हुन् । गौतम र विष्टको उम्मेद्वरीमा प्रस्तापक किशोर बर्तौला र समर्थक बीरबहादुर घलान (ज्वाला) रहेका छन् ।

यस्तै,नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्षेत्र-१ मा महेश नेपाली (आरोह) र मकवानपुर क्षेत्र नम्बर-२ मा राम घलान वाटरले उम्मेद्वारी दर्ता गराइसकेका छन्  । उनीहरु दुवैजना माओवादीका केन्द्रीय सदस्य हुन् । उनीहरुको उम्मेद्वारी दर्ताको समयमा सर्मथक रमेश सुनार र प्रथापक पुन सिंह रहेका थिए ।

यस अघि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र प्रगतीशील लोकतान्त्रीक पार्टी प्रलोप मकवानपुरसँगै स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी