हेटौंडा । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनको रिर्पोटिङ र आचारसंहितााको कार्यान्वयन सम्बन्धी हेटौंडामा अभिमूखीकरण कार्यक्रमको अयोजना गरेको छ । मंगलबार हेटौंडा–२,स्थित मोटल एभोकार्डोमा जिम्मेवार पत्रकारिता र आचारसंहिताको कार्यन्वयन सम्बन्धी अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको हो । पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष नीतु पण्डितको प्रमुख आतिथ्यमा तथा पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्णसारु मगरको सभाध्यक्षमा कार्यक्रममा मकवानपुरसहित अन्य जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचन सम्बन्धीको आचारसंहिताको विपक्षमा रहेर काम नगरेको बताएका छन् । उनीहरुले आफूहरुले पत्रकारिताको सुरुवात गरेदेखि अहिलेसम्म जानी जाने आचारसंहिताको विरुद्धमा रहेर काम नगरेको बताउँदै आगामी दिनहरुमा निर्वाचन सम्बन्धी रिर्पोटिङ गर्दा अझ आफूमा भएको कमीकमजोरीलाई सुधार गर्ने प्रयास गर्ने बताए । कार्यक्रममा महासंघकी केन्द्रीय उपाध्यक्ष र निर्वाचन अधिकृत हरिप्रसाद ढकालले निर्वाचन सम्बन्धी प्रशिक्षण दिएका थिए । उपाध्यक्ष पण्डितले निर्वाचनको रिर्पोटिङको क्रममा आचारसंहिताको पालना गर्नु सबै पत्रकारहरुको दयित्व रहेको जानकारी गराएकी छिन् । मकवानपुरसहित अन्य जिल्लाहरुबाट सहभागी भएका पत्रकाहरुले अहिलेसम्म निर्वाचनको रिर्पोटिङ गर्दा आचारसंहितको नियममा रहेर काम गरेको कुरामा विश्वसा गरिन् ।

निर्वाचन अधिकृत ढकालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पत्रकाहरुले सहज तरिकाले रिर्पोटिङ गर्न सक्ने वातावरण मिलाउने विश्वास दिलाएका छन् । उनले रिर्पोटिङको क्रममा पत्रकाहरुलाई कुनै प्रकारको समस्या सिर्जना नहुनेगरी सहजै समाचार प्रवाह हुने वातावरण मिलाउने विश्वास दिलाए । उनले सबै पत्रकारहरुलाई नियममा रहेर फोटोहरु खिच्दा मतपत्रमात्र देखिने गरी फोटोहरु पनि लिन आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले निर्वाचन सम्बन्धी र पत्रकारको आचारसंहिता सम्बन्धीको विषयमा सामूहिक छलफल गर्दै चार्ट पेपर मार्फत त्यसलाई प्रस्तुती गरेका थिए । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सहजीकरण गरेको कार्यक्रममा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, अन्य जिल्लाका पत्रकार महासंघका अध्यक्ष, सदस्यहरु, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव तथा पत्रकार महासंघ मकवानपुरकी सल्लाहकार अञ्जली थापा, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दहालको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी