
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले गरेको काम जिम्मेवारी लिएपछि गरिने भनेको समयमा र गुणस्तरीय काम हुनै पर्ने बताएका छन् ।
हेटौंडामा आज फागुन – ६ गतेदेखि सूरु भएकोे राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको समुद्घाटन गरेपछि. महोत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सम्बोधनकै क्रममा प्रमुख अतिथि गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरुले गरेको कामको रकम समयमा भुक्तानी गर्न नसकेको गुनासो आइरहेको र पछिल्लो समय यसलाई मध्य नजर गर्दै क्रमस : भूक्तानी पनि गर्दै आइरहेको बताए ।
देशभरीका निर्माण व्यसायीहरुको भूक्तानी नभइरहेको अवस्था भएतापनि पछिल्लो समयमा विगत ५ /६ महिना देखि रकम भूक्तानी दिन सूरु गरिसकेको बताएका हुन् ।
निर्माणका कार्यमा अघि बढ्न आग्रह गर्दै सरकारको तर्फबाट भूक्तानी सुनिश्चत गरिने प्रतिवद्धता व्यक्त गरे ।
संबिधानले गरेको व्यवस्थालाई रक्षा गर्दै मुलुकमा दिगो शान्ति, सुसान, बिकास । समृद्धिको लागि सरकार प्रतिवद्ध रहेको बताए।
गृहमन्त्री लेखले भने “तपाईहरुले ढुक्क भएर आफ्ना निर्माण व्यवसायका काम काम गर्नुस । कुनैपनि असुरक्षका वातावरण महसुस हुन दिइने छैन। यदि कुनै खालका दवाव, असुरक्षका वातावरण भएमा सुरक्षा निकायमा भन्नुस हामी सुरक्षा दिन्छौँ । संगै आफ्नाना भित्रपनि सुधार गर्नुपर्ने कुराहरुमा पनि ध्यान दिनुस ।”
फागुन -१८ गते समापन हुने महोत्सवमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरूका राय, सल्लाह, सुझाव समेत संकलन गरिने निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्रीलगायत तीन सय बढी स्टल छन्।
महोत्सवमा हेटौंडा आइडल प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय एवं स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहने छ।
संघका अध्यक्ष बालगोपाल कंडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिना, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, नेका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, प्रेम बहादुर पुलामी मगर, लक्ष्मी श्रेष्ठ, बागमती प्रदेश प्रमुख लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्