मकवानपुरगढी । छैठौं संस्करणको मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिभ टेलिभिजनले जितेको छ । हेटौंडाकै पहिलो रेडियो रेडियो मकवानपुरको वर्षिकोत्सवको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३,मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको फुटसल कोर्टमा भएको खेलमा नेपाल पत्रकार महासंघ मकवानपुरलाई ५–३ गोलले हराउँदै टिम टेलिभिजनले उपाधि जितेको हो ।
खेलको निर्धारित समय २/२ गोलको बराबरीमा राकिएपछि अतिरिक्त समय थप गरिएको थियो । खेलको थप समयमा गोलको अग्रता लिँदै टिम टेलिभिजनले जीत सुनिश्चित गरेको थियो । रेडियो मकवानपुरले आयोजना गरेको छैठौं मिडिया कप फुट्सलको उपाधि टिम टेलिभिजनले जितेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरलाई ५–३ गोलले हराउँदै टिम टेलिभिजनले उपाधि जितेको हो । टिम टेलिभिजनको जीतमा मनिष खड्काले ४ गरेका थिए । विश्वास विश्वकर्माले सान्त्वना गोल गरे । पत्रकार महासंघको तर्फबाट रविन्द्र वाइबाले २ र सञ्जिव रसाइलीले एक गोल गरेका थिए ।
प्रतियोगितामा टिम टिभी र पत्रकार महासंघसहित रेडियो मकवानपुर, रेडियो थाहा सञ्चार, हेटौंडा एफएम, बागमती एक्सप्रेस, नेपाल प्रेस युनियन मकवानपुर र नेपाल खेलकुद पत्रकार मञ्चको सहभागिता रहेको थियो । टिम टेलिभिजनले प्रेस युनियन मकवानपुरलाई हराउँदै फाइनको यात्रा पुरा गरेको थियो । सेमीफाइनल खेलको क्रममा प्रेस युनियनका गोलरक्षक रोहित थापामाथि निकै दवाब सिर्जना गरेर गोलको वर्षा भएको थियो । निकै दावाबपूर्ण अवस्थामा रहेका प्रेस युनियनका गोलरक्षक रोहित थापाले एक टिम टेलिभिजनको एक सामान्य गोल मात्र रोक्न सकेका थिए । प्रतियोगिताको विजेता र उपविजेतालाई यही माघ २२ गते सप्ताहव्यापी कार्यक्रमको समापनका दिन पुरस्कार प्रदान गरिने छ ।
रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अधिकारीले रेडियो मकवानपुरले वार्षिकोत्सवको अवसर पारेर प्रत्येक वर्ष मिडिया कप फुट्सलको आयोजना गर्दै पत्रकारको बीचमा भातृत्वको सम्बन्ध स्थापना र खेलप्रतिको लगाव वृद्धि गरेको भन्दै खुसी व्यक्त गरे ।
रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुद्देश्यीय सहकारीको २८ औं स्थापना दिवसमा माघ १६ गतेबाट विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना भैरहेको छ । सप्ताहव्यापी कार्यक्रमको समापन बिहीबार हेटौंडा १ स्थित हिमालयन दरबारमा हुनेछ ।

















प्रतिक्रिया दिनुहोस्