हेटौंडा । जेसीआई हेटौंडा वर्ष २०२६ को अध्यक्षमा सन्तोष पराजुली निर्वाचित भएका छन् । शनिबार जेसिआई हेटौंडाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत जीवन ढकाललाई हराउँदै सन्तोष पराजुली अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित पराजुलीले १ सय ७ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकट्म प्रतिद्वन्द्वी ढकालले ७८ मत प्राप्त गर्दै पराजित भएका हुन् ।
जेसिआई हेटौंडाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन कार्यक्रममा पराजुलीकै प्यानका पदाधिकारीहरु निर्वाचित भएका छन् । पराजुलीको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार सर्वसम्मत चयन भएका छन् ।
यस्तै, सहित उपाध्यक्षका उम्मेदवारहरु विवेक बानिया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य पनि सर्वसम्मत चयन भएका छन् । जेसिआई हेटौंडामा निर्वाचत पदाधिकारीहरुको कार्यकाल एक वर्षसम्मको रहने छ ।














प्रतिक्रिया दिनुहोस्