हेटौंडा । नेपाली काँग्रेसकी पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले काँग्रेस पार्टी भित्र कुनै प्रकारको समस्या नभएको बताएकी छिन् । आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेद्वारी दिएकी पूर्व सहमहामन्त्री डीना उपाध्यायले बिहीबार पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–९,स्थित काँँग्रेसको सम्पर्क कार्यालयको उद्धाटन गर्दै काँग्रेस भित्र खोट लगाउनका लागि कुनै समस्याको सिर्जना नभएको कारणले जनतासँग भोट माग्नका लागि अनुरोध गरेकी हुन् ।
उनले काँग्रेसको विकासको अनुहार परिवर्तन हुँदै प्रतिनिधि सभा सदस्यको पदमा विजयी हुने उनले बताइन् । नेपाली काँग्रेसका पार्टी सभापति गगनकुमार थापाले देश र जनताका लागि योग्दान दिएर जनताको भूँइमा बसेर काम गर्ने बताएको उनले बताइन् । काँग्रेस यस क्षेत्रमा जित हासिल गर्ने पक्का भएकोले जनतालाई मतका लागि भन्न सक्नुपर्ने उनले बताइन् । उनले पार्टी सभापति थापाका निर्देशन अनुसार देश सुर्धार्ने, देश बदल्ने, आफैँमा परिवर्तन ल्याउने लक्ष्यसहित चुनाव लड्न लागेको बताइन् ।
आफूलाई मत दिएर जनताले जिताएपछि जनताको माझमा बसेर काम गर्ने विश्वास दिलाएकी छिन् । कानुको, विधिको, शासनको विधि बनाएपछि लागू नभएको उनको भनाई छ । महिलाको अधिकारको लागि लडाइ गरेरे महिलाहरुले बनाएको अधिकारको कारणले वडामा महिला सदस्यहरु भएको उनले बताइन् ।

















प्रतिक्रिया दिनुहोस्