
हेटौंडा । हेटौंडा–८,स्थित कमानेको एक घरमा आगलागी हुँदा २ जना घाइते भएका छन् । बुधबार ५ बजेर ४० मिनेटको समयमा कमानेको नमुनाटोलस्थित बच्चा देवान बाबुको घरमा आगलागी हुँदै २ जना घाइते भएका हुन् । देवानको घरमा डेरागरी बस्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३० वर्षीय सलाउदिन देवानका १३ वर्षीय छोरी असीमा खातुनले मासु पकाउनका लागि तेल हाल्ने क्रममा डिजेल हालेर आगो उत्पन्न भएकोले असीमा खातुन र भारतको बिहार राज्य मोतिहारी बस्ने समिम आलमका श्रीमती अफ्रिदा खातुन घाइते भएकी थिइन् ।
खातुनको अनुहार, हात, पिठिउँ र खुट्टामा जलेको थियो भने अफ्रिदा बायाँ कान, गाला र बायाँ हात जलेर सामान्य घाइते भएकी थिइन् । दुबै जना घाइते भएको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट बिमला कुमारी कठायतको नेतृत्वको प्रहरीटोली घटना स्थलमै पुगेर दुबै जनालाई उपचारको लागि हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आगो पुर्ण रुपमा नियन्त्रणमा आएको र काठको ढोका, धान, चामल र कपडा गरी २० हजार रुपैयाँ बराबरको सामानको क्षती भएको थियो ।
प्रतिक्रिया दिनुहोस्