रोशन दिप – बारा जिल्लामा रहेको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ मा आकाश लामाको संयोजकत्वमा जेन–जीले ४० सदस्यीय समिति सर्वसम्मत गठन गरेको छ ।
जेन–जी मकवानपुरका संयोजक सुविन खत्रीले दिएका जानकारी अनुसार भदौ २३ र २४ गतेदेखि देशभर आन्दोलनमा सक्रिय रूपमा अन्याय, भ्रष्टाचार र व्यथिति विरुद्ध लागिपरेका युवाहरुलाई एकजुट गरेर समेट्ने उद्देश्यले समिति विस्तार गरिएको हो।
जेन–जी मकवानपुरका सचिव नविन राउतले जानकारी दिए अनुसार संयोजकमा आकाश लामा चयन भएका छन् भने सचिवमा देव बोम्जन र सह-सचिवमा अभिषेक योन्जन चयन भएका छन् । त्यसैगरि कोषाध्यक्षमा रमेश लामा र अन्य ३७ जनालाई सदस्य चयन गरिएको छ ।
कार्यसमितिमा रमेश थिङ, देव बोम्जन, राजकुमार घलान, अभिषेक भोम्जन, कवाङ लो लामा, विकाश भोम्जन, अनुप योन्जन, सागर लोप्चन, आयुष योन्जन, आयुष लो, कुमार योन्जन, निकेस पाख्रिन, आकाश योन्जन, राज तितुङ, विकाश स्याङ्तान चयन भएका छन् ।
केहि समय अगाडी मकवानपुरका जेनजी युवाहरुसँगको प्रत्यक्ष छलफलपछि जेनजीका मुख्य प्रतिनिधी अभियन्ता मिराज ढुंगानाले आधिकारिकता दिएका हुन् ।
















प्रतिक्रिया दिनुहोस्