हेटौंडा । “नागरिक–प्रहरी सहकार्य सुरक्षाको लागि अपरिहार्य” भन्ने नाराका साथ मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा ७०औं प्रहरी दिवस–२०८२ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलियाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले शान्ति–सुरक्षा, अपराध अनुसन्धान, विपद् उद्धार र महिला–बालबालिकामाथि हुने हिंसा रोकथाममा प्रहरी अझ सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।
थपलियाले आर्थिक अनियमितता, गैरकानुनी गतिविधि र उच्छृंखल तत्वप्रति शून्य सहनशीलता अपनाई संगठनको विश्वसनीयता थप सुदृढ गर्न निर्देशन दिएका थिए ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कमल थापा, नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी उपाध्यक्ष संगिता कार्की थापा, पूर्व प्रहरी अधिकृत, अमर प्रहरी परिवारका सदस्य र करिब ४५० जना सहभागी थिए।













प्रतिक्रिया दिनुहोस्