उद्योगपति नवराजलाई सम्मान गरिँदै ।

हेटौंडा । मकवानपुरका उद्योगपति नवराज अर्याल सम्मानित भएका छन् । बिहीबार एक कार्यक्रमकाबीच उद्योगपति नवराज अर्याललाई काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन समिति बालाजुले ३८ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । उद्योगपति अर्याललाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले उनलाई सम्मान गरेका हुन् । आफ्ना उद्योग व्ययवसायीबाट करिब २ हजार जनको संख्यामा मानिसलाई रोजगारी दिन सफल भएको कामको उच्च मूल्याङ्कन गर्दै पनि उनलाई सम्मान गरिएको हो ।

उद्योग संघ मकवानपुरका पूर्वध्यक्ष समेत रहेका अर्यालले विगत ४६ वर्षदेखि उद्योपतिको रुपमा काम गर्दै गर्दा सालमा अर्याल काष्ठ उद्योग सञ्चालनमा ल्याएका थिए । उनले हाल हेटौंडा औद्योगिक क्षेत्रमा ५ सहित मकवानपुर, धादिङ, चितवन काठमाडौं, विराटनगर, पोखरा लगायतका सहरमा गरी १२ वटा उद्योग सञ्चालन गरेका बताए । निर्माण व्यवसायी समेत रहेका अर्याल सामाजिक क्षेत्रमा समेत विशेष योग्दान दिँदै आएका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी