हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ।
साउन ३२ गते शुक्रबार पत्रकार सम्मेलनको आयानेजना गर्दै आउदो शुक्रबार घोषणा गर्ने कार्यक्रम बारे जानकारी दिएको हो ।
“बालबालिकामा लगानीस सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ वडालाई निकृष्ट बालश्रम मुक्त र बाल विवाह मुक्त पनि घोषणा गरिने भएको वडाध्यक्ष उद्धव सत्यालले बताए ।
वडामा ६ वटा विद्यालय, २२ वटा बाल समूह र एक वडा बाल सञ्जाल सक्रिय रहेको बताए।जसमा ५ सय ५० भन्दा बढी बालबालिका आबद्ध रहेका छन् भने बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरूमध्ये ४८ वटामा शतप्रतिशत नतिजा हासिल गरिएको अध्यक्ष सत्यालले बताए ।
घोषणा कार्यक्रम शुक्रबार बिहान १० बजे प्रभातफेरीबाट सुरु हुने र वडा परिक्रमा गरी नेपाल चौर टोल विकासको फुटसल हलमा घोषणा हुने अध्यक्ष सत्यालले जानकारी दिएका हुन् ।




















प्रतिक्रिया दिनुहोस्