हेटौंडा । हेटौंडामा पहिलो बागमती युवा उद्यमी रोजगार महोत्सव सुरु भएको छ । नेपाल उद्योग वाणिजय महासंघ, मकवानपुर उद्योग वाणिजय संघ आयोजनामा तथा बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको प्रयोजनमा पहिलो रोजगार महोत्सव सुरु भएको हो । शनिबारबाट हेटौंडा–२,स्थित पल्पसा प्याराडाइजमा सुरु भएको रोजगार महोत्सवको उद्घाटन मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको सभाध्यक्षमा तथा श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा भएको हो ।
रोजगारी महोत्सव भोलि आइतबार सम्म सञ्चालन हुनेछ । हेटौंडा उपमहानगरपालिकाको प्रवद्र्धनमा सुरु भएको महोत्सवमार्फत ५ सय युवाहरुमा रोजगारिको अवसर सिर्जना हुने अनुमान गरिएको छ । भोलि सम्म संचालन हुने महोत्सवमा व्यवसायीक अवसर, बजारिकरणको तालिम, बैंककर्जाको प्रवाहको तयारी विषयमा जानकारी गराउनका साथै प्यानलन डिस्कसन कार्यक्रम पनि गरिने बताइएको छ ।
विद्यार्थी तथा युवा लक्षित करियर काउन्सिलङ्ग, युवा उद्यमशीलताको प्रोत्साहन, स्टार्टअफ व्यवसायी सुरु गर्ने पक्रिया तयारी गर्नुका साथै रोजगारी र उद्यमशीलता सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गरिने छ भने सहभागीहरुले रोजगारिको अवसरमा पहुँच, सीप क्यारिकेचर विकास सम्बन्धी ज्ञान र उद्यमशीलताको व्यवयासी सुरु गर्ने तरिका पाउने छन् । उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलानको पनि उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्