स्थानीय तहको चुनाव आगामी ५ चैतभित्र गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।
स्थानीय तहको निर्वाचन २०७४ वैशाख, असार र असोजमा भएको थियो भने तीन चरणमा चुनाव भए पनि सबैको म्याद एउटै मानिने आयोगले जनाएको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।
बिभिन्न व्यक्तीहरु पनि पदको आकांक्षी देखिएका छन् भने उम्मेदवार बन्ने भन्दै अघि सरी रहेका छन्।
यसैविच हेटौँडा उपमहानगरको वडा नम्बर २ को वडाध्यक्षको आकांक्षीमा भवसागर श्रेष्ठ रहेका छन् ।
२०१२ सालमा सिन्धुपाल्चोकमा जन्मिएका सागरले २९ सालमा हेटौँडामा बसोबास गरेको र २०२८ सालदेखि राजनितिमा प्रबेस गरेको बताउदै अध्यक्षकालागि परिपक्क भएको उल्लेख गर्दै आकांक्षी देखिका हु्न् ।
२०३१मा नेपाल राष्ट्रििय फ्याड्रेसमा आवद्ध भई राजनिति सूरु गरि ५१ बाट नेपाली कांग्रेसमा आवद्ध भई काम गर्दै आएर संगालेको अनुभवलाई प्रयोग गरि
वडामा पर्ने समस्या सुधार गर्ने बिकासको पहल गर्ने स्वास्थ्य, शिक्षमा निःशुल्क र सहज ढङ्गले प्रदान गराउने योजना रहेको बताउछन् ।
२ कार्यकाल वडासभापति समेत भएको र५३ सालदेगि नागरिकहरुको समस्या समाधानमै काम गरिरहेको उल्लेख गर्दै यसपालि वडाको प्रतिनिधि भएर का गर्ने उनको भनाई छ ।
२०६३ सालमा नागरिककै आवाज बोलेर अघि बढ्दै गर्दा कैयौँ पटक प्रहरीको झडपमा परेरघाइते भई हिरासतमा समेत बसेर पनि नागरिककै आवाजलाई उठाएको बताउछन् ।
भवसागर भन्छन् “प्रहरीको लाठी खाइयो हिरासतमा पनि बसियो । व्यक्तीगत स्वार्थ हेरिएन । समाजमा रहेका नागरिककै आवाज बोलियो ।
वनस्खण्डी सामुदायिक वनउपभोक्ताको अध्यक्ष समेत रहेर पनि विकासमा अघि बढेर काम गर्यौँ । मन्दिर परिसरमा निमार्णका काम पनि गरियो । अझ थप बिभिन्न विकासका काम देखि नागरिकहरुको सेवाकै निम्ति प्रतिनिधि हुने चाहाना हो । म समाजकै लागि काम गर्छु । यही कारण पार्टीले टिकट दिन योग्य छु ।”























प्रतिक्रिया दिनुहोस्