मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको पाँचौं संस्करण हुने भएको छ ।
यही माघ २८ देखि फागुन ११ गतेसम्म हुनेगरी गोल्डकपको पाँचौं संस्करणको तयारी पूरा भएको फुटबल संघले जनाएको छ ।
हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा खेल हुने प्रतियोगिताको खेलतालिका समेत आयोजकले सार्वजनिक गरेको हो ।
प्रतियोगिताको मैदान व्यवस्थापन लगायत आवश्यक भौतिक पूर्वाधारका कामहरु पनि सबै सम्पन्न भईसकेको
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए अनुसार ए डिभिजन क्लब, मोफसलका टोली र एक विदेशी गरी कुल १२ टोलीहरुको सहभागिता हुने भएको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्ने छन् भने उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही २५–२५ हजार सहित ट्रफी हात पार्नेछन् ।
तालिका यस्तो छ ।















प्रतिक्रिया दिनुहोस्