Rato Samachar
Thu, 24 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

विपत्पछि आश्रयस्थल बनेको श्रीलङ्का टापु

 सप्तकोसी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु अहिले गरिब एवं विपत्र परिवारका लागि आश्रयस्थल बनेको छ । विसं २०४५ अघि सप्तकोसी अहिले भनिएको श्रीलङ्का टापु क्षेत्रबाट बग्ने गरेको थियो । सिरानतर्फ बेलका नगरपालिकाको डुम्रीबोटे लाहुरीखोँच हुँदै दक्षिणतर्फ बग्ने सप्तकोसी अहिले आएर फेरि पुरानै धार डुम्रीबोटे कटान गरी पुरानै धारतर्फ केही पानी बग्न थालेको छ । बाह्र वर्षमा खोला फर्किन्छ भत्रे उदाहरणलाई सप्तकोसी नदीले ३४ वर्षपछि प्रमाणित गरेको बेलका नगरपालिका–२ भागलपुर निवासी खड्गबहादुर श्रेष्ठले बताउनुभयो । कोसी नदीको पानीले अहिले बेलका नगरपालिका–१, २, ३, ८ र ९ लाई असर पारेको छ । कोसीको पानीबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा लगी उहाँहरुको बास, खानपिन र स्वास्थ्यको प्रबन्ध मिलाएको बताइएको छ । बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसहरुले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको छ । वर्षातमा तीन लाख ५० हजार क्युसेक पानी बहने सप्तकोसीमा अहिले पानी कति छ त्यो जानकारी नभए पनि नदीले उदयपुरको बेलका क्षेत्र र सुनसरीको बराह क्षेत्र नगरपालिकामा असर पारेको बताइएको छ । यदि सप्तकोसी नदी बेलकालाई चिरेर बाहिर निस्कने हो भने यो पानी उदयपुरको तिलजुगा नदी, पुरन्दह र सप्तरीको कञ्चनपुर र फत्तेपुरसम्म असर गर्ने प्रारम्भिक अनुमानअनुसार त्यस क्षेत्रमा अहिले पनि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । अहिले पनि बेलका नगरपालिकाको भाटेपुलस्थित सिर्जना टोल डुबानमा परेको देखिन्छ । पुरानो धार परिवर्तन हुँदा बगरपछि खेतीयोग्य बनेको सो क्षेत्रमा मानिसले बिस्तारै खेतीपाती र बसोबास गर्न थालेका थिए । अन्य क्षेत्रका मानिस कोसीको बाढी देखेर पीर माने पनि श्रीलङ्का क्षेत्रमा बसोबास गर्ने मानिस आनन्दले आफ्ना खेतीपाती र घरव्यवहार गरिरहेका छन् । स्थानीयवासीका अनुसार कोसी पुरानै धार फर्के पनि श्रीलङ्का टापुमा पानी पस्दैन भत्रेमा ढुक्क छन् । उहाँहरुकाअनुसार यो ठाउँ निकै अग्लो भएकाले त्यति सजिलै पानी पस्ने अवस्था छैन । त्यसैले खेतीपातीमा नै बढी व्यस्त हुने गरेको उहाँहरुको भनाइ छ । बराह क्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टापु क्षेत्रमा लगभग एक हजार दुईसय मतदाता छन् । निर्वाचनमा कोसीमा डुङ्गा चढेर पारि मतदानका लागि यहाँका मानिस पुग्छन् । अहिले सो टापुमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट क्षेत्र सञ्चालनमा आएको छ । बेसारका लागि २० बिघा जग्गामा परियोजनाले केही लगानी गरेको बराहक्षेत्र नगरपालिका कृषि विकास शाखाका प्रमुख निरबहादुर राईले जानकारी दिनुभयो । उहाँले बगरलाई खेतीयोग्य जमिन बनाएर सबै किसिमको बाली उत्पादन गर्नाका साथै दाल, तेलहन र मौसम अनुसारको तरकारी बाली उत्पादन गरी राज्यलाई विभित्र उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो । शाखाप्रमुख राईले बाहिरबाट हेर्दा निकै विकट र झन्झटिलो मानिने यो स्थानको बेग्लै महत्व रहेको, प्राकृतिक हावापानी, चराचुरुङ्गीको चिरबिर आवाज, विभित्र बालीहरु खेतमा लहलहाएको देख्दा आनन्द लाग्छ भत्रुभयो । यस्तै, रामउदगार महतोले सुरुमा यहाँ खेती गर्न समस्या भए पनि अहिले सहज भएको छ भन्नुभयो । स्थानीय पालिकाले बिजुली, स्वास्थ्य केन्द्र र विद्यालय स्थापना गरेको छ । त्यसैले हामीलाई यहाँ बस्न रमाइलो लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । श्रीलङ्का टापु क्षेत्रमा पर्ने रामपुर र नारायणपुर बस्तीमा जान सरकारले चार वर्षअघि ८५ मिटर लम्बाइको झोलुङ्गेपुल निर्माण गरेको छ । —

रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology