कम्पनीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा ३ झलकनेमा उक्त स्वास्थ्यशिविर सम्पन्न गरेको हो। भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धिसिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रम भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो। कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘कम्पनी सबैको स्वास्थ्यप्रति सचेत भएकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने छ ।’
विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न
काठमाडौं, माघ १५ ९नागरिक०– समृद्धि फाइनान्स कम्पनीले विजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समीक्षा र आगामी रणनीतिक योजनाको बारेमा छलफल गरिएको थियो। कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृतसहितको उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू र सबै शाखाका शाखा प्रबन्धकहरूको उपस्थिति रहेका थिए। फाइनान्सले हाल आठ ओटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्