आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनले सरकार बन्ने दिन मानिएको छ ।
मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि माहोल तात्न सुरु गरेको छ भने उम्मेदवारहरुले अ आफ्नो पक्षको तर्फबाट चुनावी प्रचार प्रसारमा खटिन सुरु गरेका छन् ।
आफुले गर्ने कामको योजनाको घोषणा पत्र सहित मतदाताहरुको घरघरमा पुगेका छन् ।
यसैविच फ्रेण्डस् हेटौंडाको संयोजक किरण थापाले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुहरु पनि देशको नागरिक भएपनि वेवास्था गरिएको बताउनु भएको छ ।
यसैविच फ्रेण्डस् हेटौंडाको संयोजक
किरण थापा संग गरिएको कुराकानी ///
सुरक्षा, रोजगार र शिक्षाकालागि सरकारले कतै नसमेटेर बाइपास गरेसंगै समाजले पनि हेर्ने गलत नजरका कारण यौनिक तथा लैंगिक अल्पसंख्यकहरुहरु खुल्न नसकेको बताउनुभएको हो ।
मर्म बाध्यता अवस्था बुझेर रोजगार सुरक्षा को विषयमा सरकार गम्भीर किन नरहेको ? भन्दै प्रश्न गर्नु भएको छ ।
समाजमा गलत छाप परेसंगै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले नै यौन व्यवसायमा लागेर समाजमा नकारत्मक असर परेको भन्ने गलत प्रचार भइरहेको बताउनु भएको हो ।
सरकार देशको कानुन र संविाधानले गर्दा नै यस्तो अवस्था आएका उल्लेख गर्दै कसैले पनि बिना बाध्यता देह व्यापारमा नलाग्ने भएकाले अब बन्ने सरकारले यो देशमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरु भएको अवगत गराउदै देशका नागरिक हुन् भन्ने बिर्सन नहुने बताउनु भयो ।
उहाँले तथ्याङ्क लिएर सीप सिकाउन, क्षमता अनुसारको काम दिन र स्वरोजगार बनाउनु पर्ने धारणा सुनाउनु भयो ।





















प्रतिक्रिया दिनुहोस्