संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी काठमाण्डौबाट फर्किएका छन्।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायतको उपस्थितीमाउपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा गएको कात्तिक १२ गते आएका महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल,भेटवार्ता भएको थियो ।
सोही क्रममा गृह मन्त्री नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायण प्रकाश नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता भएको थियो ।
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि करिब १५ वर्षपछिनेपाल भ्रमणमा आभए संगै भ्रमणका क्रममा सगरमाथा र अन्नपूर्ण त्यस्र्त गरी आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत पुगेका हुन् भने ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए ।
महासचिव गुटेरेस नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू समेत सहभागी भएका हुन्।
























प्रतिक्रिया दिनुहोस्