बज्राज प्रिमियर लिगका पौडेललाई नगद प्रदान गरिँदै ।

हेटौंडा । चितवन जिल्लाका भतरपूर महानगरपालिका वडा नम्बर–७ का सुशीलदत्त पौडेल बजाज प्रिमियर लिगमा प्लेयर अफ द विइक बन्न सफल भएका छन् । बजाज मोटसाइकल कम्पनीको आधिकारिक विक्रेता हेटौंडा–१०,स्थित होराईजन अटो प्रा.लि हेटौंडाबाट १ सय ५० सिसीको पल्सर मोटरसाइकल खरिद गरेर पौडेल बजाज प्रिमियर लिग (बीएलपी) को प्लेयर अफ द विइक बन्न सफल भएका हुन् ।

चाड पर्वको विशेष अवसरसँगै सुरु भएको बीएलपीमा प्लेयर अफ द विइक बनेसँगै पौडेलले ५० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । हेराइनज अटो प्रा.लिका सञ्चालक लालकाजीरत्न बज्रातचार्यले उनलाई नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।

जति धेरैरन त्यति धैरै पैसा भन्ने नराका साथ हरेक हप्ता ७ प्रदेशका ७ जनालाई ५० हजार रुपैयाँको नगद प्रदान गर्नेगरी हेटौंडामा पनि बीएपलीको आयोजना गरिएको सञ्चालक बज्राचार्यले बताए । बीएल नामक एक एप्लिकेशन मार्फत क्रिकेट खेलेर बाइक खरिदकर्ता मध्य सर्वाधिक रन बनाउनेलाई प्लेयर अफ द विइक घोषित गर्ने गरिएको छ । जस अन्तर्गत हेटौंडाबाट चितवनका पौडेल प्लेयर अफ द विइक बनेका हुन् ।

रातो समाचार संवाददाता
थप जानकारी