Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

बेतन कर्णाली आयोजनाबाट ३८४ परिवार प्रभावित हुने

 निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट)बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् । आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । यसबाट तीन सय ३८ निजी घर संरचना प्रभावित हुनुका साथै ३५ जना व्यापार व्यवसायबाट विस्थापित हुने उहाँले बताउनुुभयो । आयोजना निर्माणबाट तीन झोलुङ्गे पुल, एउटा लघु जलविद्युत, एउटा मन्दिर, आठ खानेपानी धारा र दुई सिँचाइ कूलो प्रभावित हुनेछन् । “अछामतर्फको जग्गाको मुआब्जा निर्धारण समितिले मूल्याङ्कन गरिसकेको छ, बैंकको टुङ्गो लाग्न नसक्दा मुआब्जा वितरण हुन सकेको छैन्,” न्यौपानेले भन्नुभयो, “सुर्खेततर्फ मूल्याङ्कन हुन बाँकी छ, ऐलानी जग्गा र ती जग्गामा बनेका संरचनाको क्षतिपूर्तिका हकमा सरकारले निर्णय गर्छ ।” आयोजनाले अछामतर्फ एक हजार आठ सय ४४ तथा सुर्खेतमा करिब चार सय रोपनी जग्गा अधिग्रहण गर्दैछ । प्रभावित क्षेत्रका लागि आयोजनाले कूल लागतको कम्तीमा ० दशमलव ५ प्रतिशत रकम छुट्ट्याइ सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्नेछ । रु ८८ अर्ब लागत रहेको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवद्र्धक कम्पनीले जनाएको छ । कर्मचारी सञ्चयकर्ताको मुख्य लगानीमा बन्न लागेको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) अन्तिम चरणमा पुगेको छ । आयोजनाका प्रबन्धक न्यौपानेले जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, बंैक काउन्टर स्थापना गरी खाता खाल्न, बेलिब्रिज निर्माण गर्न, कन्स्ट्रक्सन पावर जडान र विद्युत् खरिद सम्झौता (पिपिए) गर्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अछामतर्फ पहुँच सडक निर्माण भइसक्यो, सुर्खेततर्फ सात किमी ट्र्याक खोल्न बाँकी छ, पिपिए एग्रिमेन्ट र कन्स्ट्रक्सन पावर जडानका लागि पनि प्रक्रिया अघि बढिसकेको छ, मुख्य ठेक्का लाग्न अझैं कम्तीमा एक÷डेढ वर्ष लाग्छ ।” यो अर्धजलाशययुक्त आयोजना हो । आयोजनाको बाँधस्थल अछामको ढकेरी गाउँपालिका–६ मालुमेला, सुर्खेतको चौकुने गाउँपालिका–६ र विद्युतगृह अछामको ढकेरी गाउँपालिकाकै टटालीघाटमा रहनेछ । डाइभर्सन टनेल चौकुने गाउँपालिका–६ मा पर्दछ । मुख्य पावरहाउसबाट ४३० दशमलव २ मेगावाट र वातावरणीय बहावबाट थप ८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । मालुमेलामा एक सय ४० मिटर अग्लो बाँधबाट २१ किमी लामो कृत्रिम ताल बन्नेछ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५, नेपाल विद्युत् प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १०, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख वार्षिक आम्दानी गर्ने अनुमान गरिएको छ । आयोजना सञ्चालनबाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत सङ्घीय सरकार राख्ने सहमति भएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology